समर्पन

 

समर्पण

कञ्चनमणि दिक्षित

मयि सार्वाणि कर्माणि सत्रयस्याध्यात्मचेतसा । निराशीर्निर्ममो भूत्वा युध्यस्व विगतज्वरः ।। ३० ।।

हे अर्जुन तिमी आफ्ना सबै कामहरू ममा सर्मपण गरेरमेरो पूर्ण ज्ञानले युक्त भएर लाभको इच्छारहित भएर र म र मेरो भन्ने भावना नराखिकन आलस्यरहित युद्ध गर । —यथार्थ गीता

श्री कृष्णले महाभारतको युद्धमा अर्जुनलाइ पूर्ण समर्पण भएर युद्ध गर्न प्रेरित गर्नुभएको थियो । श्री कृष्णले युद्ध भन्नाले यहाँ ज्ञान/अज्ञानविद्या/अविद्याधर्म/पापप्रेम/घृणा र आसक्ति (अङ्ग्रेजीमा एट्याच्मेन्ट) बीचको युद्ध भन्ने बुझ्नुपर्छ । त्यति बेला अर्जुन कौरबसँग मात्र युद्ध गरिराखेका थिएनन् । आफू भित्रको अज्ञानतासँग पनि युद्ध लड्दै थिए । अर्जुनले झैँ हाम्रा यी अवगुणसँग हामी पनि निरन्तर युद्ध गरिराखेका छौँसङ्घर्ष गरिरहन्छौँ । यी गीताको श्लोकले हरक्षण हाम्रा यी अवगुणलाई पराष्त गर्न मद्दत गरेको छ र युगौँयुगसम्म गीताको यो श्लोक त्यतिकै महत्व रहिरहने छ ।

वाइवल र कुरानमा पनि समर्पनको बारेमा धेरै ठाउँमा लेखिएका पाइन्छन् । वाइवलका केहि उदाहरणः मेथिुज्ज ६.३३—मेहनत गर्नेथाकेका र बोले थिचीएका मानिस म कहाँ आउँम तिमीहरुलाई बिश्राम दिन्छु । जेम्स् ४:७ — परमेश्वलाई समर्पन गर र शैतानलाई प्रतिरोध गरयसबाट तिमी मुक्त हुने छौ । यहाँ पनि शैतान भन्नाले आफू भित्रको रिसरागघृणा र आसक्ति भनिएको हुनुपर्छ । जेम्स् ४:१० — परमेश्वको सामु आफूलाई नरम बनाउँनुउहाँले तिमीलाई पार लगाउँनु हुन्छ ।  त्यस्तै कुरानमा अलहुजुरात —अध्याय ४९श्लोक ४१ मा भनिएको छ ......यदि तपाई अल्लाह र उनका मेसेन्जरलाई पालना गर्नु हुन्छ भने तपाईले गर्नु भएको कामको लागी पाउँने इनाममा केहि कमी हुने छैनसाच्चै अल्लाह धेरैनै क्षमाशील र धेरै दयावान हुनुहुन्छ ।

यी सबैले भनेका समर्पण के हो त यी कुरा हामीले कसरी बुझ्ने भन्ने कुरामा केही विचार प्रस्तुत गर्दैछु । समर्पण भयरहितप्रेममय र पूर्णरूपमा आफूलाई ईश्वरप्रति अर्पण गर्ने कार्यलाई भनिन्छ । आफूले भोग्नुपर्ने कठिनाई र समस्याबाट टाढा रहन सक्नु पनि समर्पण हो । आफू अज्ञानी र केही नजान्ने स्वीकार गरीपूर्णरूपमा विश्वास गरी प्रेम र भक्तिसहित हामी आफू ईश्वरलाई अर्पण गर्दछौँ भने हामी समर्पित भयौँ भन्न सकिन्छ । पहिला आफू अज्ञानी भएको र केही नजानेको कुरा स्वीकार गर्नुपर्यो भने अर्को कुरा उसमा विश्वास र प्रेम हुनुपर्यो । सिरडी बाबाले भन्नुहुन्थ्योश्रद्घा र सवुरी । श्रद्घा भनेको त हामी सजिलैसँग बुझ्छौँ तर सवुरी भनेको धैर्य हो भनेर बुझेका हुदैनौँ । हामीमा जति विश्वास र प्रेम हुनुपर्छ त्यति नै धैर्य पनि हुन जरुरी छ ।

हुन पनि हामीले के जानेका छौँ त विज्ञानले ठूलो फड्को मारेको छ । हामीले वैज्ञानिक युगमा जन्म लिएका छौँ र पुथ्वीको मात्र नभई ब्रह्माण्डको अन्य ग्रहको रहस्यहरूको खोजीको कार्यमा लागेका छौँ । वैज्ञानिक रहस्यहरूको खोजीको साथमा हामीले आफूभित्रको रहस्य बुझ्न जरुरी छ । इन्द्रियमन र वुद्धिभन्दा आत्मा धेरै दिव्य छ । दिव्य आत्मालाई बुझ्ने र बुझाउने विषयमा छलफल हुन जरुरी छ । भनिन्छजहाँ विज्ञान सकिन्छत्यहाँ आध्यात्मको सुरुवात हुन्छ । यो कुरा हामीले कहिल्यै बिर्सनु हुँदैन । आध्यात्म विज्ञानभन्दा धेरै माथि छ र हाम्रो अहिलेका आवश्यकता भनेको आध्यात्म र विज्ञान दुवैलाई बुझ्नु र आफ्नो जीवनमा उतार्नु हो । हामी आफूले नजानेको कुरा जान्दिन भनेर स्वीकार गर्न चाहँदैनौँ । आफ्नो अहम् र घमण्डको घेराभित्र कैद भई त्यही संसारभित्र रमाउने गर्छौं । हामी भित्रको अहमले गर्दा हामी कसैप्रति विश्वास गर्दैनौँ । आफू भित्रको अज्ञानता र अधर्मलाई थाहा हुदाँहुदै पनि दबाएर बसेका हुन्छौँ वा यिनीसँग युद्ध गरिराखेका हुन्छौँएक्लैविना कसैको सहयोगको । पछि त्यही एक्लोपनले गर्दा कतिपय हामी मानसिक रोगको (अङ्ग्रेजीमा डिप्रेसन) को बाटोतिर लम्किएका छौं ।

समर्पणको बाटोमा हिँडेमा हामीलाई आनन्द प्राप्त हुन्छ । कसरी भनेर प्रश्न उठन स्वभाविक छ । यसको उत्तरमा सत्य साईबाबाको भनाइमा खोजौं । बाबा भन्नुहुन्छअहिलेको मानिसको विश्वास आफ्नो इन्द्रियमा मात्र सीमित छ न कि आफ्नो भित्रको आत्मामा । आत्मानै हाम्रो शरीररूपी रथको सारथी हो । आजको मानिस झुटो विश्वास र क्षणिक मोजमस्ती र सोखमा भुलिएका छन् । तिमीहरूको अनन्तअपरिवर्तन र आनन्दसम्बन्धी ज्ञानको कमी छ । यी सांसारिक वस्तुका लागि तिमीहरूले धेरै जन्मको राम्रो कर्मले पाएका मनिसको जीवन व्यर्थ हुन्छ । यी कारणले गर्दा सानोतिनो विपद् आइपर्दा पनि तिमीहरूको विश्वास डगमगाउँछ । तिमीहरूले सम्पतिनाताकुटुम्बसाथीभाईनाम र सौगत आदिंको विषयमा मनन गर्न जरुरी छ । समाजको सेवाप्रति विश्वास जगाउनुपर्छ । प्रेमले नै घृणा हटाउन सक्छ । सत्यको बाटोमा हिँड्नु र सत्यलाई अँगाल्नु नै धर्म हो । नराम्रो बाटोमा कहिल्यै नलाग्नु जसमा मात्र इन्द्रियको सुख होस्बरु संसारको उन्नतिको बारेमा सोचौँ ।

जब तिमी पूर्णरूपमा म प्रति समर्र्र्पित हुन सक्षम हुन्छौ तब मात्र म तिम्रो जिम्मेवारी लिन्छु । तिम्रो यहि समर्पणका लागि म पर्खिरहेको छु । जब तिमी पूर्णरूपमा ममा समर्र्पित हुन्छौँ तब तिमीले अन्य केही कुराको चिन्ता लिनुपर्दैन । सबै डर र कष्ट त्यागिदेऊ । यी सबै समस्या मलाई हस्तान्तरण गर । म तिमीलाई तब मात्र मद्दत गर्छु जब तिमी पूर्णतया मप्रति समर्पित हुन्छौ । अनि म स्वयं तिमीलाई आफ्नो काँधमा उठाइ त्यो बाटोतिर लग्छु जुन तिमीले अपेक्षा पनि गरेका थिएनौ । तर जब तिमीले आफ्नो प्रार्थनामा आफूलाई मप्रति पूर्ण रूपमा सुम्पिन्छौ तब मात्र तिमीलाई फाइदा पुग्नेछ । जब तिमी कुनै पीडामा हुन्छौ तब तिमी मेरो सहयोगको लागि प्रार्थना गर्छौ तब तिमी त्यस्तो सहयोग मात्र चहान्छौ जस्तो तिमीले कल्पना गरेको होस् । तिमी त्यस्ता बिरामीजस्तै छौ जो चिकित्सकसँग उचित औषधी माग्नुको साटौ उल्टै उनलाई यो औषधी दिनुस् भनेर सल्लाह दिन्छौ ।

साँच्चै नै साई बाबाले भन्नुभएको जस्तै हामी आपूले कल्पना गरेको सहयोगको मात्र अपेक्षा गर्छौं । हामीले भगवानलाई कहिल्यै भन्न सकेका छैनौं “हे भगवान मलाई के आवश्यक छ त्यो पूरा गरिदिनुहोस् ।” यसको लागि विश्वास र धैर्य चाहिन्छ । आफूलाई समर्पण गर्नुपर्ने हुन्छ । हामीलाई थाहा छ कि यो संसारमा हामीले सोचेको कुरा विरलै पुग्छ । भाग्यले हाम्रो हात डोर्याउँदै आफ्नै बाटोतिर लिएर जान्छ । केही अक्षर पढेर हामी आफूलाई यति धेरै विद्वान ठान्न थाल्छौँ कि मानौ संसारको सबैकुरा हामीलाई थाहा छ । यो कुरा स्वीकार्न हामीलाई गार्हो पर्छ । हामी अध्यात्मको बाटोतिर जान चाहान्छौं तर हच्किन्छौं । हामीलाई डर छ कि हामीले रोजेको बाटोको मानिसहरूले खिसी गर्लान् जसले गर्दा भगवानप्रतिको आस्था डगमगाउँन थाल्छ । धेरै ठूलो ठूलो कुरा त छोडौँहाम्रो शरीर के ले र कसरी चलिराखेको छ त्यसको मनन गरौँ । बसबाटो खुल्दै जान्छ तर्क र बहस गर्दै जाऔं आफैँसँग । 

समय–समयमा गुरुहरूले आफ्नो शिष्यको मार्गदर्शन गर्ने क्रममा कडा रूपमा नै समर्पणको बाटो देखाउनुहुन्छ । स्वामी रामाले आफ्नो किताब “हिमालय के सन्तो के सँग निवास” मा भन्नु हुन्छ: एक पटक उहाँ हात खुट्टा धोएर खाना खान बस्नु मात्रै के भएको थियो उहाँको गुरुले रोक्नुभयो र खान लागेको भोजन भेट्न आएका वृद्ध योगीलाई दिनु भनी आदेश गर्नुभयो । सार्है भोक लागेकोले आफ्नो भोजन दिन स्वामी रामा मान्नुभएन । गुरुले फेरि आदेश दिँदै भन्नुभयोभोजन पूर्ण श्रद्धा र प्रेमका साथ दिनू । स्वामी रामाले गुरुको आज्ञानुसार योगीलाई भोजन दिनुहुन्छ र योगी पनि प्रसन्न हुँदै  स्वामी रामालाई कहिले पनि भोकले नसताउने र खाना अगाडि भए मात्र भोक लाग्ने आशीर्वाद दिनुहुन्छ । यदि आफ्नो खाना नदिएका भएस्वामी रामाले यस्तो अमूल्य आशिष् पाउने थिएनन् होला । स्वामी रामा भन्नुहुन्छस्वार्थ र निस्वार्थप्रेम र आशक्तिको बीच मसिनो पर्दा हुन्छ जसलाई पार गरिसकेपछि मानिस फलको आशा नगरिकन कर्म गर्नतिर लाग्छ र सुखको अनुभव गर्न थाल्छ ।

स्वामी रामा त एक पात्र मात्र थिएसमर्पणको पाठ सिकाएको थुप्रै अरू उदाहरणहरू छहाम्रा वरपर । त्यस नजरले हेर्नपर्यो हामीले । श्री कृष्णले महाभारतको भनेझैँ आफूभित्रको अज्ञानतासँग युद्ध गरिराखौँ र एक दिन हामी समर्पण गर्न सक्ने सक्षम हुनेछौँ र साई बाबाले भनेझैँ परम आनन्द प्राप्त गर्नेछौँ वा वाइवलले भने झै परमेश्वरले पार लगाउँनु हुने छ । एउटा रेडियो खोल्नाले हावामा भएका अदृश्य ध्वनी तानेर बज्न थाल्छजुन यन्त्रको बिना हावामा रहेका ध्वनिको अस्तित्वको कल्पना पनि गर्न सकिँदैन । त्यसरी नै हामी भित्ररहेको र हामीलाई घेरेका यी ईश्वरीय शक्तिलाई (व्रम्ह) बुझ्न प्रयास गरौँ र आफूलाई त्यस शक्तिप्रति समर्पन गरौँ । 


Comments