Posts

Showing posts from September, 2020

समर्पन

  समर्पण कञ्चनमणि दिक्षित मयि सार्वाणि कर्माणि सत्रयस्याध्यात्मचेतसा । निराशीर्निर्ममो भूत्वा युध्यस्व विगतज्वरः ।। ३० ।। हे अर्जुन तिमी आफ्ना सबै कामहरू ममा सर्मपण गरेर ,  मेरो पूर्ण ज्ञानले युक्त भएर लाभको इच्छारहित भएर र म र मेरो भन्ने भावना नराखिकन आलस्यरहित युद्ध गर । —यथार्थ गीता श्री कृष्णले महाभारतको युद्धमा अर्जुनलाइ पूर्ण समर्पण भएर युद्ध गर्न प्रेरित गर्नुभएको थियो । श्री कृष्णले युद्ध भन्नाले यहाँ ज्ञान / अज्ञान ,  विद्या / अविद्या ,  धर्म / पाप ,  प्रेम / घृणा र आसक्ति (अङ्ग्रेजीमा एट्याच्मेन्ट) बीचको युद्ध भन्ने बुझ्नुपर्छ । त्यति बेला अर्जुन कौरबसँग मात्र युद्ध गरिराखेका थिएनन् । आफू भित्रको अज्ञानतासँग पनि युद्ध लड्दै थिए । अर्जुनले झैँ हाम्रा यी अवगुणसँग हामी पनि निरन्तर युद्ध गरिराखेका छौँ ,  सङ्घर्ष गरिरहन्छौँ । यी गीताको श्लोकले हरक्षण हाम्रा यी अवगुणलाई पराष्त गर्न मद्दत गरेको छ र युगौँयुगसम्म गीताको यो श्लोक त्यतिकै महत्व रहिरहने छ । वाइवल र कुरानमा पनि समर्पनको बारेमा धेरै ठाउँमा लेखिएका पाइन्छन् । वाइवलका केहि उदाहरणः मेथ...